शीर्ष ट्यागहरु

ट्रम्पसँगको शिखर वार्ताका लागि पुटिन अमेरिका प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी…

प्रधानमन्त्री ओली चिन भ्रमण जाने, सी चिनफिङ र मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली…

बाजुरामा बाढीले ११ घर बगायो, ७ घरमा क्षति

बाजुरा । बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो ।…

कञ्चनपुरको शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक…

 सुदूरपश्चिमका जिल्ला सहित यी ४० जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर साधारणतया बदली रहेको…

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिंदै   

२९ साउन, कंचनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या…

कैलाली कारागार घटनापछि सिडिओ हमाल मन्त्रालय तानिए

जिल्ला कारागारमा एक जनको मृत्यु हुने गरी भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिएका छन्। कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो ।…

अस्ट्रेलियामा हुने टप एन्ड टी-२० क्रिकेट सिरिज कान्तिपुरका च्यानलमा प्रसारण हुने

अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी-२० क्रिकेट सिरिज कान्तिपुरका च्यानलमा प्रत्यक्ष प्रसारण हुने भएको छ। उक्त सिरिजका सबै खेल कान्तिपुर मिडिया ग्रुपका च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गरिने सोमबार सम्झौता भएको हो।…

एमएफएन च्याम्पियन रवीन्द्रलाई बालेनले गरे २ लाख रूपैयाँ सहित सम्मान

काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ । महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो ।…

आठ दिनको उपचारपछि सानो खैरो गिद्धले पायो पुनर्जीवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडियो

कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य…