काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल ‘प्लेटफर्म’ दर्ता नभएका कारण अनुसन्धानका लागि समय लाग्ने गरेको बताएका छन्।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले नेपालमा प्रचलित र लोकप्रिय सञ्जालका प्लेटफर्महरू सबैजसो विशेबाट सञ्चालन हुँदा चाहेको विवरण पाउन असहज भएको बताए ।

हालको तथ्याङ्कअनुसार ४ हजारभन्दा बढी सामाजिक सञ्जालको फेक एकाउण्टबाट घृणा फैलाउने सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका छन्। त्यसैगरी बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटना दर्ता भएको उनले बताए। उनका अनुसार सबैभन्दा बढी वित्तीय अपराधका १० हजार भन्दा बढी उजुरी प्रहरीकोमा परेको छ। एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की दिने, यौनजन्य हिंसा जस्ता गतिविधि व्यापक बन्दै गएको उनले बताए। 

‘नेपालमा साइबर बुलिङका घटनाहरुको वृद्धि भएको देखिन्छ, अहिले तथ्याङ्कअनुसार सबैभन्दा बढी वित्तीय अपराधलाई देखाउँछ, यो १० हजार पुगेको अवस्था छ’, ‘फेक एकाउन्टको ४ हजार माथि छ। बुलिङ र ह्यारेसमेन्टका ३ हजार भन्दा बढी घटना रिपोर्टेड छन्। एकाउण्ट ह्याकिङ गर्ने, पैसा चोरी गर्ने, थ्रेट दिने लगायतका घटना छन्।’

महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले साईवर अपराध सम्बन्धी मुद्दाहरुमा अनुसन्धानका लागि आवश्यक विवरण प्राप्त गर्न ठूलो चुनौती रहेको बताए।

‘नेपालमा तिनीहरूको प्लेटफर्म कसैको पनि छैन र बाहिर हाम्रो नेटवर्क छैन। हामीले कुरा चाहिँ  धेरै राम्रो गरेका छौँ तर कानुनमा हामीले व्यवस्था गरेका छैनौँ। फेसबुक इस्टाग्राम लगायतका सामाजिक सञ्जालबाट डिटेल प्राप्त गर्न धेरै गाह्रो छ, व्यक्तिगत सम्बन्धको आधारमा हामीले प्राप्त गरेका छौँ,’ उनले भनेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपालमा दर्ता हुन नआएको भन्दै गत वर्षको भदौमा फेसबुक, एक्सलगायत सामाजिक सञ्जालमा बनदेज लगाएका थिए। त्यसैको विरोधमा आन्दोलन चर्किँदा २३-२४ को घटना भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *