दुर्घटनामा परेको बस राष्ट्रिय समाचार समिति(रासस) दशरथचन्द(बैतडी), १९ असार: धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना

१९ असार, बैतडी । बैतडीको पाटन नगरपालिका-९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ। गम्भीर घाइते दुई जनासहित सबै घाइतेलाई उपचारका लागि डडेल्धरा अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार घाइतेहरुलाई डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस पाटन नगरपालिका–३ बस्ने २५ वर्षीय दिनेश भाटले चलाइरहेका थिए ।

उनीसहितका अन्य यात्रु घाइते भएका हुन् । घाइतेहरुको परिचय खुलेको छ । घाइते हुनेमा २५ वर्षीय दुरा बोहरा, पाटन –६ बस्ने जनक प्रसाद पन्त, ११ वर्षीया सिद्धार्थ भण्डारी, मोहन पन्त,दशरथचन्द नगरपालिका–४ का सागर ठगुन्ना, निर्मला कार्की, दशरथचन्द–२ का नरेश लावड, दशरथचन्द–६ की धाना पहरी, दशरथचन्द–९ का जनकराज जोशी, रमेश महर, १४ वर्षीय अरुण महर, सुर्नया गाउँपालिका–२ का पुष्कर बिष्ट, माया बिष्ट, पुर्चौडी नगरपालिका–८ की रतना भण्डारी, पुर्चौडी–१ की अनुग्रा भण्डारी रहेका छन् ।

यस्तै डडेल्धुरा घरभएकी दिपा महरा पनि दुर्घटनामा घाइते भएकी हुन् । यसैगरी दुर्घटनमा परी गम्भीर घाइते भएका दुई जनाकोे परिचय खुल्न भने बाँकी रहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *