नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो ।
पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको र डिजेल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको एक सय ६१ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य लिटर एक सय ४९ कायम गरिएको छ । बढेको मूल्य शनिवारबाट कार्यान्वयनमा आउनेछ ।
