अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा पहिलो पटक प्रत्यक्ष रूपमा भेट भएका छन्। रातो कार्पेटमा उभिएर दुवैले केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना साटासाट गरे।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि भएको यो पहिलो प्रत्यक्ष भेट हो। विमानबाट ओर्लिएर पत्रकारहरूलाई फोटो खिचाएर दुवै नेताले आत्मीयता प्रदर्शन गरे। उनीहरू एउटै गाडिमा बैठकहल तर्फ अघि बढेका छन् ।
करिब तीन घण्टा चल्ने भनिएको यस वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना हुनेछ। अब हेर्न बाँकी छ, दुवै नेताबिचको यो ऐतिहासिक भेटले कस्तो परिणाम ल्याउनेछ।












