टप इन्ट टी– २० सिरिज अन्तर्गतको खेलमा मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो ।

मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । मेलबर्नका थोमस रोजर्सले ६५ र ब्लेक म्याकडोनाल्डले ७४ रनको अर्धशतकीय पारी खेले ।

नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए । त्यस्तै शहबाज आलमले १ विकेट लिए ।

जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो । अघिल्ला दुई खेलमा नेपाल पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *