वाशिङटन डीसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्। यस ऐतिहासिक बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, फिनल्याण्डका राष्ट्रपति एलेक्जेन्डर स्टब्ब, नाटो महासचिव मार्क रुट्टे र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर ल्येन सहभागी छन्।

ट्रम्पको प्रस्ताव : भूमिसाटमार्फत युद्ध अन्त्य

राष्ट्रपति ट्रम्पले युक्रेनलाई रूससँग भूमिसाट (land swap) सम्झौता गर्न आग्रह गरेका छन्। उनको भनाइमा, “यो युद्ध अन्त्य गर्ने सबैभन्दा छिटो र प्रभावकारी उपाय यही हो।”

पुटिनसँगको अलास्का वार्ता

यसअघि शुक्रबार ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। सो भेटमा पुटिनले युक्रेनले केही भूभाग त्याग्ने सर्तमा शान्ति सम्झौता गर्न सक्ने प्रस्ताव अघि सारेका थिए।

वार्ताको संवेदनशील मोड

ह्वाइट हाउसमा भइरहेको बहुपक्षीय छलफलले युरोपेली नेताहरूबीच ठूलो चासो र विवादको विषय उठाएको छ। सुरक्षा ग्यारेन्टी, युद्धविराम, र भूभाग सम्बन्धी प्रस्तावहरूबारे तीव्र बहस भइरहेको छ। युक्रेनलाई भूभाग त्याग्न दबाब दिने अमेरिकी पहललाई कतिपय नेताले शान्तिको लागि व्यावहारिक उपाय भनेका छन् भने कतिपयले यसलाई युक्रेनको सार्वभौमिकता माथिको दबाबको रूपमा लिएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्। यस ऐतिहासिक बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, फिनल्याण्डका राष्ट्रपति एलेक्जेन्डर स्टब्ब, नाटो महासचिव मार्क रुट्टे र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर ल्येन सहभागी छन्।

ट्रम्पको प्रस्ताव : भूमिसाटमार्फत युद्ध अन्त्य

राष्ट्रपति ट्रम्पले युक्रेनलाई रूससँग भूमिसाट (land swap) सम्झौता गर्न आग्रह गरेका छन्। उनको भनाइमा, “यो युद्ध अन्त्य गर्ने सबैभन्दा छिटो र प्रभावकारी उपाय यही हो।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूबीच वाशिङटन डीसीस्थित ह्वाइट हाउसमा महत्वपूर्ण वार्ता सम्पन्न भएको छ।  वार्तापछि जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीलगायत संवेदनशील विषयमा ‘धेरै राम्रो छलफल’ भएको बताए। उनले ट्रम्पसँगको संवादलाई सकारात्मक परिणामतर्फ अघि बढ्ने संकेतका रूपमा प्रस्तुत गरे।

राष्ट्रपति ट्रम्पले कुनै पनि शान्ति सम्झौतामा अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने प्रतिबद्धता जनाएको र आफूलाई विश्वास भएको दाबी गरेका छन् कि रुसले पनि यसलाई स्वीकार गर्नेछ। उनले युद्ध अन्त्यका लागि तत्काल युद्धविराम आवश्यक छैन भन्ने धारणा राखे। तर फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जले भने वार्ता अघि बढाउन अनिवार्य रूपमा युद्धविराम चाहिने मत व्यक्त गरे।

ट्रम्पले आजैपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गर्ने घोषणा गरेका छन्। यसले आगामी दिनमा अमेरिकन, युक्रेनी, रूसी र युरोपेली नेताहरूबीच कस्तो समझदारी बन्ने भन्नेप्रति थप चासो बढाएको छ। तर यद्यपि, वार्ताको ठोस परिणाम अझै अस्पष्ट छ। अमेरिका, युक्रेन, रुस र युरोपेली शक्तिहरूको प्राथमिकता फरक–फरक देखिन्छ। सुरक्षा ग्यारेन्टी, युद्धविराम, र भविष्यको राजनीतिक समाधानजस्ता मुद्दा अझै विवादास्पद रहेको विश्लेषकहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूबीच ह्वाइट हाउसमा जारी वार्ताले नयाँ मोड लिएको छ। वार्ताको सुरुवाती चरणमा ट्रम्पले अमेरिकाले दीर्घकालीन रूपमा युक्रेनको सुरक्षा ग्यारेन्टी दिने सम्भावनाबारे संकेत गरे। Oval Office मा जेलेन्स्कीको साथमा उभिँदै उनले “बुट्स अन द ग्राउन्ड” अर्थात् अमेरिकी सेनाको उपस्थितिलाई पनि स्पष्ट रूपमा अस्वीकार नगरे। यो वर्षको सुरुवातमा यस्तो विकल्प असम्भव रहेको उनले बारम्बार बताएका थिए, तर अहिलेको अभिव्यक्तिले उनको धारणा बदलिएको देखिएको छ।

युद्धविराम र सुरक्षा ग्यारेन्टी

वार्तामा सहभागी युरोपेली नेताहरूले भने तुरुन्तै युद्धविराम आवश्यक भएको जोड दिए। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जले बिना युद्धविराम शान्ति प्रक्रिया अघि बढाउन कठिन हुने बताए। तर ट्रम्पले युद्धविराम नगरी पनि वार्ता गर्न सकिने धारणा दोहोर्याए।

ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले पनि सुरक्षा ग्यारेन्टीलाई “ऐतिहासिक कदम” भन्दै त्रिपक्षीय बैठकलाई “अत्यन्तै व्यावहारिक अर्को चरण” बताएका छन्।

अमेरिकाको भूमिका के हुन सक्छ?

सुरक्षा विश्लेषक फ्र्याङ्क गार्डनरका अनुसार, सम्भावित शान्ति सम्झौतामा अमेरिकी सुरक्षाको ग्यारेन्टी नै केन्द्रीय विषय हुनेछ। यसका लागि चार प्रमुख विकल्प देखिएका छन्—

ग्राउन्ड ट्रुप्स (Boots on the ground): सबैभन्दा असम्भाव्य मानिएको विकल्प। ट्रम्पले युद्धलाई युरोपको समस्या भनेर व्याख्या गर्दै आएका छन्।

हवाई तथा समुद्री गस्ती: सम्भाव्य देखिएको विकल्प, जसअन्तर्गत अमेरिकी वायुसेना निगरानी उडानमा अझै सक्रिय हुन सक्छ।

खुफिया सहयोग (Intelligence): उपग्रह तथा हवाई निगरानीमार्फत रूसविरुद्ध युक्रेनलाई निरन्तर सहयोग गर्ने।

लोजिस्टिक समर्थन: शान्ति सम्झौतापछि युरोपेली नेतृत्वमा खडा हुने सम्भावित “सुरक्षा बल” लाई रसद तथा आपूर्ति सहयोग उपलब्ध गराउने।

युरोपेली रणनीति : “प्रशंसा र निरन्तरता”

युरोपेली नेताहरूले आजको वार्तामा ट्रम्पलाई आफ्नो पक्षमा ल्याउन प्रशंसा र आग्रहको रणनीति अपनाएको देखियो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर ल्येनले “हत्या रोक्नुपर्ने” भन्दै मेलानिया ट्रम्पले युक्रेनी बालबालिकाको पीडाबारे गरेको भावनात्मक टिप्पणीलाई समेत उद्धृत गरिन्।

इटालीकी राष्ट्रपति जियोर्जिया मेलोनीले ट्रम्पलाई सम्बोधन गर्दै भनिन्, “तपाईंका कारण धेरै कुरा बदलिएको छ।” त्यस्तै, जर्मन चान्सलर मर्जले पुटिनसँगको वार्ता सुरुवात गरेकोमा ट्रम्पलाई धन्यवाद दिए।

आगामी कदम

वार्ताको पहिलो चरण सार्वजनिक भएको छ, तर प्रमुख छलफलहरू बन्द ढोकामागर भइरहेको छ। ट्रम्पले आजै पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गर्ने घोषणा गरेका छन्। यसले आगामी वार्तामा नयाँ मोड आउने अपेक्षा गरिएको छ।

विश्लेषकहरूले भने अझै पनि ठोस परिणाम देखिन बाँकी रहेको र युद्धविराम, सुरक्षा ग्यारेन्टी तथा दीर्घकालीन समाधानबारे अमेरिकी, युक्रेनी, र रूसी तथा युरोपेली दृष्टिकोणहरूबीच गहिरो मतभेद कायम रहेको उल्लेख गरेका छन्।

बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले सुरक्षा ग्यारेन्टीलाई “सम्पूर्ण युरोपेली महादेशको सुरक्षा”सँग जोडिएको बताएका थिए। उनले जर्मन चान्सलर फ्रेडरिक मर्जको भनाइलाई समर्थन गर्दै युद्धविरामलाई “अनिवार्य” भने र उपस्थित सबै नेताले यसमा सहमति रहेको बताए। मर्जले अझै खुलेर “अगिल्लो बैठकसम्म युद्धविराम हुनैपर्ने” भन्दै ट्रम्पलाई रूसमाथि दबाब दिन आग्रह गरे। तर ट्रम्पले भने आफूले विगतमा रोकिएका छ युद्ध युद्धविराम बिना अन्त्य भएको भन्दै “युद्धविराम आवश्यक छैन” भन्ने धारणा दोहोर्याए।

राष्ट्रपति ट्रम्पले यसअघि अलास्कामा भएको पुटिनसँगको भेटलाई सम्झिँदै रूसले युक्रेनलाई सुरक्षा ग्यारेन्टी स्वीकार गर्नेमा सहमति देखाएको खुलासा गरे। उनले यसलाई “महत्त्वपूर्ण प्रगति” भन्दै युरोपेली मुलुकहरूले ठूलो जिम्मेवारी लिनुपर्ने तर अमेरिका पनि सहयोग गर्ने बताए।

जेलेन्स्कीले बैठकलाई “सकारात्मक र रचनात्मक” भन्दै ट्रम्पप्रति धन्यवाद व्यक्त गरे। उनले युद्ध क्षेत्रको नक्सा देखाउँदै विस्तृत जानकारी दिएका थिए। जेलेन्स्कीले यसपटक युद्धविरामबारे कडा माग नगरेको देखिँदा, उनको अघिल्लो अडान केही नर्मिएको विश्लेषकहरूले बताएका छन्।

ट्रम्पले युद्ध अन्त्यका लागि त्रिपक्षीय बैठक (अमेरिका–युक्रेन–रुस) आयोजना गर्ने प्रस्ताव अघि सारेका छन्। उनले यस बैठकमा कैदीहरूको आदान–प्रदान पनि हुन सक्ने बताएका छन्। “रूसमा थुप्रै युक्रेनी कैदी छन्, सम्भवतः चाँडै मुक्त गरिनेछ,” ट्रम्पले भने।

बैठकमा युरोपेली नेताहरूले प्रशंसा र आग्रहको रणनीति अपनाएको देखियो। जर्मन चान्सलर मर्ज, फ्रान्सेली राष्ट्रपति माक्रोन, ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मर र इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीलगायतले ट्रम्पको पहललाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे।

यद्यपि नेताहरूले सार्वजनिक रूपमा सकारात्मक टिप्पणी गरे पनि उपस्थित नेताहरूको अनुहार गम्भीर र चिन्तित देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विश्लेषकहरूको भनाइमा, सुरक्षा ग्यारेन्टी र युद्धविरामलाई लिएर अझै गहिरो मतभेद कायम छ, तर अमेरिकी संलग्नताप्रति युरोपेली नेताहरूले देखाएको अपेक्षाले वार्तालाई नयाँ मोड दिएको छ।

जेलेन्स्की : वार्ता रचनात्मक

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आजको वार्तालाई “रचनात्मक” भन्दै सुरक्षा ग्यारेन्टीलगायत संवेदनशील विषयमा छलफल भएको बताए।

बेलायत : ऐतिहासिक अग्रगमन

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले सुरक्षा ग्यारेन्टी र रुस–युक्रेन–अमेरिकाबीच हुने त्रिपक्षीय बैठकलाई “ऐतिहासिक कदम” भने।

जर्मनी : युद्धविराम अपरिहार्य

जर्मन चान्सलर फ्रेडरिक मर्जले रुससँग कुनै बैठक अघि युद्धविराम हुनुपर्नेमा जोड दिँदै ट्रम्पलाई भने, “यसमा काम गरौँ र रुसमाथि दबाब दिने प्रयास गरौँ।”

फ्रान्स : सम्पूर्ण युरोपको सुरक्षा

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले पनि युद्धविरामको माग गर्दै वार्तालाई सम्पूर्ण युरोपको सुरक्षा–सम्बन्धी विषयका रूपमा व्याख्या गरे।

इटाली : पुनः दोहोरिन नदिने उपाय

इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शान्तिको आधारभूत शर्त नै “फेरि यस्तो नदोहरिने सुनिश्चित कसरी गर्ने” भन्ने रहेको बताइन्।

नाटो : पूर्वाधारमाथि आक्रमण रोक्न दबाब

नाटो महासचिव मार्क रुट्टेले युक्रेनको पूर्वाधारमाथि हुने आक्रमण अन्त्य गर्न सहयोगीहरूले दबाब दिनुपर्ने बताए।

युरोपेली आयोग : बालबालिकाको फिर्ती प्राथमिकता

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर ल्येनले अपहरण गरिएका युक्रेनी बालबालिकाको फिर्तीलाई शीर्ष प्राथमिकता दिनुपर्ने भन्दै भनिन्, “एक आमा र हजुरआमा भएर म भन्छु, प्रत्येक बालबालिका आफ्नो परिवारमा फर्किनुपर्छ।”

फिनल्याण्ड : दुई साताको प्रगति, तीन वर्षभन्दा बढी

फिनल्याण्डका राष्ट्रपति एलेक्जेन्डर स्टब्बले भने, “म सानो मुलुकबाट आएको भए पनि हाम्रो रुससँग लामो सीमा छ। विगत दुई सातामा युक्रेनबारे भएको प्रगति अघिल्ला तीन वर्षभन्दा धेरै भएको महसुस गरेको छु।”

source : nepal mother

Leave a Reply

Your email address will not be published. Required fields are marked *