सरकारले सेवा प्रवाह सहज ल्याउन गृह मन्त्रालयले  सुदूरपश्चिम प्रदेशमा बैतडीको मेलौली नगरपालिकासहित ६ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ। दरबन्दी नबढाइ विद्यमान स्रोत प्रयोग गर्ने योजना सहित देशभरी २३ वटा इलाका प्रशासन कार्यालय खोल्ने तयारी भएकोमा सुदूरपश्चिम प्रदेशमा ६ वटा परेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ।

प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो। 

ग्रामीण भेगमा रहेका नागरिकलाई प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेस भएको हो। संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा गृह मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेको हो।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ। आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ। 

कागजातअनुसार इलाका प्रशासन कार्यालय यी स्थानमा थपिने छन्-
१.    इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
२.    इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
३.    इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
४.    इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
५.    इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
६.    इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
७.    इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
८.    इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
९.    इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
१०.     इलाका प्रशासन कार्यालय, धो, डोल्पा
११.    इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
१२.    इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
१३.    इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
१४.    इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
१५.    इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
१६.    इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
१७.    इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
१८.    इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
१९.    इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
२०.    इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
२१.    इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
२२.    इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
२३.    इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *