नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघसँग पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा नेपालले डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनको हार ब्यहोरेको हो ।
आसाममा घरेलु टोलीले दिएको १९१ लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ गुमाएर ६४ रन बनायो । यसै स्कोरबाट वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसमलाई विजेता घोषणा गरिएको हो ।
खेल रोकिनुअघि शुभ कंसाकार ३३ र सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साह २० बनाए । आसामका लागि मरिनमोय दत्त र आकाश सेनगुप्ता समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो । आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले समान दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । यससँगै पाँच खेलको शृंखलामा नेपाल १० ले पछि परेको छ ।