भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ले रोमाञ्चक प्रतिस्पर्धामा आसामलाई ९ रनले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको विशाल योगफल खडा गर्‍यो।
टीमका लागि सन्दीप जोराले आक्रामक ७४ रन बनाए। त्यस्तै आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन जोडे। आसामका आकाश सेनगुप्ताले २ विकेट लिए भने मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १–१ विकेट हात पारे।

१९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आसाम निर्धारित २० ओभरमै १८७ रनमा अलआउट भयो।
टीमका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाए भने सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ र साहिल जेनले २४ रनको योगदान दिए।

नेपाल ‘ए’का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले समान २–२ विकेट झारे भने आदिल आलमले १ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धतिमा १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले शानदार जित निकालेको थियो।
पाँच खेलको सिरिजमा नेपाल ‘ए’ अहिले २–१ ले अगाडि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *