दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ । ‘जेनजी’ आन्दोलनका कारण बन्द भएको कञ्चनपुरको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ।
भारतीय सीमासुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई भारत प्रवेशमा लगाएको रोक हटाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आजदेखि नेपाल–भारत मैत्री बसलाई नेपाल प्रवेश दिनुका साथै गड्डाचौकीस्थित ७ नम्बर पिल्लरसम्म यातायात सञ्चालन गरिएको छ। यसअघि शारदा ब्यारेजसम्म मात्र यातायात सञ्चालनमा थियो।
अबदेखि नेपाली नागरिकले आफ्नो परिचयपत्र देखाएर भारत प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ। गत बुधबारदेखि एसएसबीले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको थियो।