काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन ।

पूर्वसचिव खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका छन्।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अधिवक्ता तथा जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।


तस्बिर सबै: नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *