नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन्।

शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालय नपुगी, उनले महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी भवन र घाइतेको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

त्यसपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दा उनले विभिन्न व्यावसायिक घरानाले लामो समयदेखि तिर्न बाँकी रहेको उक्त बक्यौता रकम तत्काल उठाउन निर्देशन दिने निर्णय गरेका हुन्।

उनी यसअघि नेपाल विद्युत् प्राधिकरणका दुई कार्यकाल कार्यकारी निर्देशक भएर काम गरिसकेका हुन्। प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ।

उक्त रकम उठाउने प्रयासका क्रममा उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले हटाइएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *