बैतडी । पुर्चौडी नगरपालिका–१० विजयपुरकी २२ वर्षीया बसन्ती विष्टले बाटैमा शिशुलाई जन्म दिएकी छन्।
उनी प्रसूति सेवाका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै बच्चा जन्म भएको स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले जानकारी दिइन्।
उनका अनुसार झाडीमा बसन्तीले ३ किलो ४ सय ग्राम तौलको शिशुलाई सुरक्षित रूपमा जन्म दिएकी हुन्।आमा र बच्चा दुबै अहिले स्वस्थ छ्न।