नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो । 


डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई सातादेखि रिक्त थियो । 

डा.केसी एसएसपी हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन्। पछिल्लो समय राजनीतिक नेतृत्वले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको थिएन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *