काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् ।

जसअनुसार अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् । 

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलमा हेरफेर समेत गरेकी छन् । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्मा सोमबार चारजना थपिएपछि आठ सदस्यीय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *