बाजुरा, असोज ८ । बाजुराको त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पको टोकाइबाट मृत्यु भएको छ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिका–५ राजीपुरमा सर्पले टोकेको थियो। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगेपछि उनको मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप–प्रमुख कमलाकुमारी जैशीले जानकारी दिनुभयो।

उनका अनुसार दृष्टिविहीन रहेका बुढालाई साँझको समयमा सर्पले टोकेको हो। अवस्था गम्भीर भएपछि तत्काल अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *