काठमाडौँ । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ ।

बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको निष्कर्षसहित आईसीसी बोर्ड बैठकले अमेरिकाको सदस्यता खारेज गरेको हो ।

संघले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा पारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदेखाएको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीको छ ।

यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ ।

क्रिकेट बोर्ड निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोलीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । तर, टोलीको व्यवस्थापन अब अस्थायीरूपमा आईसीसी वा त्यसका प्रतिनिधिले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *