काठमाडौं । भोलिदेखि यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० सिरिज सुरु हुँदैछ। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँगको यो ‘युनिटी कप’ सिरिज नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरमा ठूलो अवसरको रूपमा हेरिएको छ।
सिरिजअन्तर्गत शनिबार, सोमबार र मंगलबार बेलुकी ८ः१५ बजेदेखि खेल हुनेछ। यी खेलहरू नेपालसहित विश्वभर प्रत्यक्ष प्रशारण हुनेछन्।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।
‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।
नेपालमा कसरी हेर्ने ?
युट्युब : Routine of Nepal Banda (Official)
टेलिभिजन : Kantipur Television
अन्तर्राष्ट्रिय प्रसारण
अमेरिका, युरोप, मध्यपूर्व : Routine of Middle East
भारत : Fancode App
अस्ट्रेलिया र न्युजिल्यान्ड : NepMelo
बंगलादेश तथा अन्य उपमहाद्वीपीय देशहरू : SonyLIV
यस ऐतिहासिक सिरिजमार्फत नेपालले विश्व क्रिकेटमा आफ्नो क्षमता देखाउने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरूले अब घरमै बसेर सजिलै आफ्नो देश वा क्षेत्रअनुसारका प्लेटफर्ममार्फत खेलको आनन्द लिन सक्नेछन्।