काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । टी–२० विश्वकपको दुई पटकको विजेता तथा टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई नेपालले पहिलो खेलमै १९ रनले पराजित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न खेलमा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो ।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए । वेस्ट इन्डिजका लागि नविन बिदाइसी २२ रनसहित सर्वाधिक रनकर्ता बने ।

यसअघि टस हारेर पहिले ब्याटिङको अवसर पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो । कप्तान रोहित पौडेल ३८ रनसहित सर्वाधिक रनकर्ता बने । कुशल मल्लले ३० रन, गुल्शन झाले २२ रन र दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।

वेस्ट इन्डिजका बलर जेसन होल्डरले ४ विकेट लिए भने नविन बिदाइसीले ३ विकेट हात पारे ।

यसअघि नेपालले कुनै पनि पूर्ण सदस्य राष्ट्रसँग यस्ता ढाँचामा सिरिज खेलेको थिएन । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।

तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र तेस्रो खेल मंगलबार हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *