काठमाडौं : एसिया कप २०२५ को उपाधिका लागि भारत र पाकिस्तान आज आमनेसामने हुँदैछन्। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:१५ बजे दुई चिर–प्रतिद्वन्द्वी भिड्दैछन्।

४१ वर्षको एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भेटिँदा खेलप्रति मात्र नभई मैदानभित्रको अनुशासन र राजनीतिक छायाप्रति पनि चासो बढेको छ।

यसअघि लिग चरण र सुपरफोरमा दुबै पटक भारतले पाकिस्तानलाई हराइसकेको छ। तेस्रो भेटमा पाकिस्तानले उल्टो जवाफ दिन सक्छ कि भन्ने उत्सुकता बढेको छ।

समूह चरणमा भारतले पाकिस्तानलाई ७ विकेटले र सुपरफोरमा ६ विकेटले हराएको थियो। तर अन्डरडग रहँदै पाकिस्तानले नाटकीय ढंगले फाइनलमा स्थान बनाएको हो। बाबर आजम र मोहम्मद रिज्वानको लय कमजोर देखिए पनि पाकिस्तानी बलरहरूले टिमलाई फाइनलसम्म ल्याएका छन्।

भारतका लागि भने ओपनर अभिषेक शर्मा र शुभमन गिलको साझेदारी सबैभन्दा बलियो हतियार बनेको छ। स्पिन विभागमा कुलदीप यादव, अक्षर पटेल र वरुण चक्रवर्तीको त्रिकोणले प्रतिद्वन्द्वीलाई दबाबमा राख्दै आएका छन्। जसप्रीत बुमराह र शिवम दुबे फाइनलमा फर्कने सम्भावना पनि चर्चा छ।

पाकिस्तानले सुपरफोरको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *