नेपालले टी–२० विश्वकपमा छनोट भएको छ ।  नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीम ओमान विश्वकपमा पुगेका हुन् । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपरेको थियो ।

सुपर–६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६–६ अंक छ। अब अर्को एक टोलीले मात्र ६ अंक जोड्न सक्ने भएपछि नेपाल र ‌ओमान विश्वकपमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *