कैलाली असोज ३१ । जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दसहित आठ जना प्रहरीलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरेको छ।

डडेल्धुराका गौरव ऐरमाथि हतियार प्रहार गर्ने घटनामा सक्रियता देखाई भारततर्फ भागेका आरोपीहरूलाई पक्राउ गरेपछि उनीहरूलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले रेकर्डमा जनिने गरी नगदसहित पुरस्कार प्रदान गरिएको जानकारी दिएका छन्। उनले प्रहरीहरूको अहोरात्र समर्पण र उत्कृष्ट कार्यप्रति प्रशंसा गर्दै निरन्तर जिम्मेवारीपूर्वक सेवा प्रवाह गर्न आग्रह गरेका छन्।

इप्रका मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गौरव ऐरमाथि हतियार प्रहार गर्ने धनगढीका ‘सन्नी’ भनिने भीम नेपालीसहित १२ जनालाई भारतीय सीमावर्ती बजारबाट पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *