आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।
आजको अमेरिकाविरुद्ध खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, भीम सार्की, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ-११

Leave a Reply

Your email address will not be published. Required fields are marked *