काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डु गोखार्जबीच हुँदै छ।

प्रहरीले एनपीएल हेर्न जाने दर्शकका सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाएको छ। भीभीआईपी/भीआईपीका सवारीसाधनलाई त्रिवि मैदानको मेन गेटभित्र राख्ने व्यवस्था मिलाइएको छ।

दर्शकका सवारीसाधनलाई तीनकुने नजिकको ग्राउन्ड, घडी आइलेन्डको नजिकको ग्राउन्ड, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ।

जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *