काठमाडौं १५ मंसिर । दक्षिण अफ्रिकी चर्चित स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज (सोमबार) नेपाल आइपुगेका छन्।
दक्षिण अफ्रिकी लिजेन्ड क्रिकेटर फाफ डुब्लेसिस एनपीएलको दोस्रो संस्करणमा सहभागी हुन नेपाल आएका हुन ।
डुप्लेसिसलाई विराटनगर किङ्सले अनुवन्धित गरेको छ । उनले विराटनगरका बाँकी म्याचहरू खेल्नेछन् ।
डुप्लेसिसलाई बिमानस्थलमा क्यानका पदाधिकारी र विराटनगर किङ्सका व्यक्तिहरूले स्वागत गरे । उनलाई ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।
४१ वर्षिय फाफ यो सिजनको एनपीएलमा सहभागी सर्वाधिक हाइप्रोफाइल खेलाडी हुन् । उनी दक्षिण अफ्रिकाका सफल क्रिकेटरको सूचीमा पर्छन् ।
फाफले दक्षिण अफ्रिकाका राष्ट्रिय टिमबाट ६९ टेस्ट, १४३ ओडीआइ र ५० टी- २० खेलेका छन् ।
उनले दुईपटक टी-२० विश्व्कपमा दक्षिण अफ्रिकाका प्रतिनिधित्व गरे । पछिल्लोपटक उनले २०२० मा टी-२० आइ खेलेका थिए ।