काठमाडौं १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।

पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।

पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ । पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ ।

आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ । दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ । आज उसले छैटौं खेल खेल्दैछ ।

सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ ।

चितवन राइनोजले पनि  छैटौं खेल खेल्दैछ । उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ ।  चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ ।

नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *