काठमाडौँ, २३ मङ्सिर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा पहिलो क्वालिफायर खेल हुनेछ ।

पहिलो क्वालिफायर त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा हुने खेल आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

सुदूरपश्चिम रोयल्स

एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सले लिग चरणका सातमध्ये ६ खेलमा जीत हात पारेको थियो । यसपटक पनि सुदूरपश्चिमले लिग चरणमा सातमध्ये ६ खेलमा जीत र एक खेलमा हारको नतिजा निकाल्यो । सुदूरपश्चिम साविक उपविजेता पनि हो ।

यसपटक भने सुदूरपश्चिम १२ अंकसहित लिग लिडर बन्दै दोस्रो संस्करणको क्वालिफायर चरणमा पुगेको हो । सुदूरपश्चिमले प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) बलियो प्रतिद्वन्द्वी विराटनगर किङ्सको सामना गर्नेछ ।

सुदूरपश्चमले लिग चरणको आफ्नो पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो ।

सुदूरपश्चिमले आफ्नो तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले, चौथो खेलमा लुम्बिनी लायन्सलाई सात विकेटले, पाँचौँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले र छैटौँ खेलमा चितवन राइनोजलाई ४९ रनले हराएको थियो ।

लिग चरणको अन्तिम खेलमा भने सुदूरपश्चिमको टोली विरानटर किङ्ससँग ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले चार खेल पहिले ब्याटिङ गरेर र दुई खेल जवाफी ब्याटिङ गरेर जीतेको हो । सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको पाँचमध्ये तीन खेलमा एक सय ५० भन्दा कम रन बनाएको छ ।

यसका अतिरिक्त, सुदूरपश्चिले पोखराविरुद्धको खेलमा एक सय ९३ र चितवनविरुद्ध एक सय ६९ रन बनाएको थियो ।  कर्णलीविरुद्धको खेलमा त सुदूरपश्चिको टोलीले एक सय ३९ रनमात्र बनाउन सकेको थियो ।

यो तथ्याङ्कलाई हेर्दा पहिले ब्याटिङ गरेर विपक्षीलाई ठूलो लक्ष्य दिन नसक्नु सुदूरपश्चिको कमजोरी देखिन्छ । विराटनगर किङ्सविरुद्धको खेलमा पनि सुदूरपश्चिमको यही कमजोरी देखिएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले एक सय ४७ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको विराटनगरले त्यो लक्ष्य ११.५ ओभरमै पुरा गरेको थियो । लुम्बिनीविरुद्धको खेलमा एक सय ४४ रनको लक्ष्य पूरा गर्न सुदूरपश्चिमले १९औँ ओभरसम्म सँघर्ष गर्नु परेको थियो ।

प्रतियोगिताकै सबैभन्दा कमजोर टोली जनकपुरले दिएको एक सय ४६ रनको लक्ष्य पनि सुदूरपश्चिमले १८औँ ओभरमा आएर पूरा गरेको थियो । त्यसैले सुदूरपश्चिमले पहिलो क्वालिफायर खेलमा आफ्नो ब्याटिङमा सुधार गर्नु आवश्यक देखिन्छ ।

लिग चरणको खेलमा सुदूरपश्चिमको ओपनर जोडी पनि खासै प्रभावकारी देखिएको छैन । चितवन र पोखराविरुद्धको खेललाई अपवाद मान्ने हो भने अन्य खेलमा सुदूरपश्चिमको ओपनिङ जोडी जम्न सकेको पाइँदैन ।

पोखराविरुद्ध ओपनिङ जोडी जोस ब्राउन (६८ रन) र विनोद भण्डारी (४३ रन) ले एक सय आठ रनको साझेदारी गरेको थियो । चितवनविरुद्ध ओपनिङ जोडी विनोद भण्डारी (२१ रन) र क्रिस लिन (७५ रन) ले ४६ रनको साझेदारी गरेको थियो ।

अन्य खेलमा सुदूरपश्चिमको ओपनिङ जोडी चल्न सकेको छैन । काठमाडौंविरुद्ध दुवै ओपनर शून्य रनमा आउट भएका थिए । कर्णालीविरुद्ध पनि दुवै ओपनरको प्रदर्शन निराशाजनक थियो । जोस ब्राउन शून्य र विनोद भण्डारी ११ रनमा आउट भएका थिए ।

लुम्बिनीविरुद्ध पनि दुवै ओपनर जोडीले १० रनमात्र जोडेको थियो । जनकपुरविरुद्ध पनि ओपनिङ जोडीले गतिलो रन जोडन सकेको थिएन । विराटनगरविरुद्ध पनि सुदूरपश्चिको ओपनिङ जोडीले २५ रनमात्र जोडेको थियो ।

सुदूरपश्चिमको बलिङ औसत देखिन्छ भने फिल्डिङ उत्कृष्ट छ । जारी सिजनको एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सुदूरपश्चिमका विनोद भण्डारी पाँचौँ स्थानमा छन् । उनले सात खेलमा कुल दुई सय एक रन बनाएका छन् ।

सर्वाधिक विकेट लिने बलरको सूचीमा भने सुदूरपश्चिम रोयल्सका अविनाष बोहरा दोस्रो स्थानमा आसिन छन् । उनले सात खेलमा १४ विकेट लिइसकेका छन् । सुदूरपश्चिमका हरमित सिंहले पनि सात खेलमा १० विकेट लिएका छन् ।

विराटनगर किङ्स

एनपीएलको पहिलो संस्करणमा विरानटर किङ्सको प्रदर्शन खासै गतिलो थिएन । त्यतिबेला सातमध्ये केवल दुई खेलमा जीत हात पार्न सकेको विरानटर चार अंकसहित छैटौँ भएको थियो ।

तर, एनपीएलको दोस्रो संस्करणमा भने विराटनगर किङ्सको प्रदर्शन उत्कृष्ट देखिन्छ । विरानटरले दोस्रो संस्करणको लिग चरणमा आफूले खेलेको सातमध्ये पाँच खेलमा जीत हात पारेको छ । केवल दुई खेलमा पराजित भएको विराटनगर १० अंकसहित दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको छ ।

विराटनले मंगलबार बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्दैछ । लिग चरणको पहिलो खेलमा विरानटरले पोखरा एभेन्जर्सलाई ५३ रनले र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पाँच विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *