२४ फागुन, बैतडी ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् ।

भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाएका छन्।

निर्वाचन आयोगको प्रमाणपत्र पाएपछि  हरिमोहन भण्डारी

नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ र नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए ।

१ लाख ५६ हजार ३७२ मतदाता रहेकोमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए । यसअघि लगातार तीन पटक जीत हासिल गरेका एमालेका दामोदर भण्डारीको परिणाममा ब्रेक लागेको छ ।

भण्डारीले वि.स. २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसबाट चुनावी मैदानमा थिए । त्यसबेला तत्कालीन बाम गठबन्धनसँग उनी पराजित भए । वि.स. २०७९ सालमा कांग्रेसबाट टिकट पाएनन् । त्यसपछि उनले कांग्रेस परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका भण्डारीले ११ हजार १८ मत ल्याए पनि जित हासिल गर्न सकेनन् ।

भण्डारी  प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा थिए । दुई पटक निर्वाचनमा पराजय व्यहोरका भण्डारीले यस पटक भने रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् ।

जिल्लाबाट विजय भएसँगै बैतडीको बिकासको लागि योजनाबद्ध भएर अघि बढ्ने बताएका छन् । ‘बैतडीबासीको मायाले यो जित हासिल गरेको छु, यहाँको विकासको लागि मैले धेरै सोचेको छु, अब गरेर देखाउँछु’, भण्डारीले जितपछि छोटो प्रतिक्रियामा भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *