कंचनपुर २८ फागुन । कञ्चनपुरमा जीप र माेटरसाईकल एकआपसमा ठाेक्किदा ज्यान गुमाएका दुई जनाकाे सनाखत भएको छ ।

मृतकमा माेटरसाईकल चालक भीमदत्त नगरपालिका-१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि सवार ४३ वर्षीय दान सिंह धामी रहेकाे प्रदेश प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।

उनकाअनुसार दुवै मृतक सवार म २ प ३५०६ काे माेटरसाईकललाई  पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा से १ च १४०५ काे जीपले ठक्कर दिएकाे थियोे ।

दुवै जनाकाे घटनास्थलमै मृत्यु भएको थियाे । दुवैकाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिप चालक पुनर्वास नगरपालिका-११ डाेकेबजार बस्ने २२ वर्षीय सुनिल चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *