पाकिस्तान प्रिमियर लिग(पीएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टाेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेका छन् ।

बिहिबारबाट सुरु हुने प्रतियोगिताका लागि उनी पाकिस्तान पुगेको इस्लामाबाद युनाइटेडले सामाजिक संजाल फेसबुकमा दिपेन्द्रको तस्बिर सार्वजनिक गर्दै जानकारी दिएको छ । 

तस्बिर : इस्लामाबाद युनाइटेड

इस्लामावादले अक्सनमार्फत दीपेन्द्रलाई करिब ६० लाख नेपाली रुपैयाँमा भित्र्याएको थियो । पिएसएलमा दीपेन्द्रको टोली इस्लामाबादले पहिलो खेलमा शनिबार मुल्तान सुल्तानको सामना गर्नेछ ।

सन्दिप लामिछाने पछि दीपेन्द्र पिएसएलमा सहभागीता जनाउने दोस्रा नेपाली क्रिकेटर हुन् ।

खाडी क्षेत्रमा संकटका कारण पिएसएल खाली रंगशालाहरूमा हुने भएको छ । यसअघि प्रतियोगिता ५ रंगशालामा खेलाइने बताइए पनि अब लाहोर र कराँची मात्र हुनेछन् । 

हेर्नुहिस तस्बिरहरु

तस्बिर : इस्लामाबाद युनाइटेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *