सुर्खेत ११ चैत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। गत फागुन २३ गते इनिशाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयले इनिशा मृत्यु प्रकरणका सबै अनुसन्धान रिपोर्ट बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताएको छ। प्रहरीले अनुसन्धान प्रतिवेदनबारे केही खुलाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *