आइपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी)ले विजयी शुरूआत गरेको छ । चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै आरसीबीले विजयी शुरूआत गरेको हो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
आरसीबीको जितमा विराट कोहलीले ६९ र देवदत्त पदिकलले २६ बलमा ६१ रन बनाए ।
हैदराबादका लागि इशान किशनले ३८ बलमा ८० रन बनाएका थिए, तर त्यसले टोलीको जीत सुनिश्चित गर्न सकेन।
आरसीबीका नयाँ खेलाडी ज्याकब डफीले पनि आफ्नो आइपिएल डेब्यूमा शानदार प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्च गर्दै ३ विकेट लिए।
आरसीबीले प्रतियोगिताको सबैभन्दा छिटो रन चेस पूरा गरेको छ। आरसीबीले आईपीएल इतिहासमा सबैभन्दा छिटो २०० बढी रन चेस पूरा गरेको हो । यो मामलामा राजस्थान रोयल्स (आरआर)दोस्रो स्थानमा छ। २०२५ मा गुजरात टाइटन्सविरुद्ध राजस्थानले १५.५ ओभरमा २१२/२ को लक्ष्य हासिल गरेको थियो ।
आइपीएलको १९ औं सिजन शुरू हुनुअघि खेलाडी, सहयोगी कर्मचारी र दर्शकहरूले दुई मिनेटको मौन धारण गरेका थिए, जुन ४ मा बेंगलुरुमा विजय परेडको क्रममा भएको भागदौडमा ११ जनाले ज्यान गुमाएकाहरूको सम्झनामा गरिउको थियो ।