काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार मध्य राति धुम्बाराहीबाट पक्राउ गरिएको  हो । 

उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन । 

महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए । हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो । 

बालिकाले सांसद शर्मा आफूले ६ वर्षदेखि परिवार समेत भेट्न नपाएको गुनासो गरेकी थिइन् । २०८१ जेठ १४ गते महानगरले ती बालिकालाई उद्दार गरेको थियो ।

महानगरले मुुलुकी फौजदारी  संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो । शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *