काठमाडौं। जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ। घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ।

घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ। पहिलो खेलमा यूएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो। तेस्रो खेलमा भने नेपालले यूएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो।

लिगको अंक तालिकाको पुछार अर्थात् आठौं स्थानमा रहेको युएईले २४ खेलबाट १४ अंक जोडेको छ। सातौं स्थानको नेपालको २३ खेलबाट १६ अंक छ। ओमान २७ खेलबाट ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।

नेपाली टिममा

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *