२७ जेठ, काठमाडाैँ । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिदै गर्दा नेपालको डिजिटल स्ट्रिमिड प्लेटफर्म DGO ले फुटबल प्रेमीहरूका लागि विशेष घोषणा गरेको छ । अब दर्शकहरूले आफ्नो मोबाइलमा नेपाली कमेन्टरी र उच्च गुणस्तरको १०८०p फुल एचडी (Full HD) भिडियोमा विश्वकपका सबै १०४ वटा खेलहरूको मजा लिन सक्नेछन्।

DGO ले रु. ५४९ मा ‘मोबाइल-ओन्ली’ (Mobile-Only) पास ल्याएको छ । दर्शकहरूले सजिलै DGO एप मार्फत आफनो मोबाइल पास खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

Watch On

DGO मोबाइल पासमा नेपाली कमेन्टरी, डुअल कमेन्टरी विकल्प (आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सकिने), फुल एचडी क्वालिटी लगायतका विशेषता रहेका छन् । 

“हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौं,” DGO का प्रवक्ताले भने, “DGO एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिड्कहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ।”

हाल अनलाइनमा देखिएका ‘फ्रि स्ट्रिमिड’ वा शंकास्पद एपका विज्ञापनहरूबाट बच्न DGO ले सम्पूर्ण दर्शकहरूलाई आग्रह गरेको छ। यस्ता अनधिकृत प्लेटफर्महरूले व्यक्तिगत जानकारी र बैंकिड विवरणहरूमा जोखिम निम्त्याउन सक्ने भएकाेले नेपालको आधिकारिक स्ट्रिमिड पार्टनर DGO को एप प्रयोग गरी ढुक्कसॅग विश्वकपको मजा लिन कम्पनीले आग्रह गरेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *