काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
यस्तो छ नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी