५ असार ,बैतडी । बैतडीको शाहिलेक नजिक छेलामा बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ सुदूरपश्चिम यातायातको बस शुक्रबार साझ ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक छेलामा दुर्घटना भएको हो ।
बस सडकबाट करिब २५ मिटर तल खसेको छ । दुर्घटनामा परेर घाइते भएका ९ जनाको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।
बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।