कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ।  झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ ।

मृत्यु हुनेमा ४० वर्षीय भरत चौधरीको रहेको प्रहरीले जनाएको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।

आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन  ।

केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।

यसअघि बिहीबार पनि कैलाली कारागारमा झडप भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *