राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले आफू नथाकेको भन्दै श्रीमानले न्याय नपाएसम्म निरन्तर लडिरहने बताएकी छन् । 

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । तर अदालतले लामिछानेको माग बमोजिम आदेश भने गरेन । अर्थात् लामिछानेलाई थुनामै पठाउने आदेश गरिएको छ । रुपन्देही जिल्ला अदालतले सोमबार रवि लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै ‘माग बमोजिम नहुने’ आदेश गरेको हो । 
जिल्ला न्यायाधीश नारायण प्रसाद सापकोटाको इजलासले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

अदालतको आदेशपछि लामिछाने पत्नी निकिताले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संविधानले दिएको हरेक अधिकारमा टेकेर लडिरहने बताएकी हुन् । सरकारले साँधेको प्रतिशोध र गरेको अन्यायविरूद्ध निरन्तर लडिरहने उनले बताएकी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *