
लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१, थपालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्नको तीनजना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । रासस