महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बताएको छ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ। दुइ पाङ्ग्रे सवारी र मानिसलाई भने ओहोर दोहोरमा रोक लगाइएको छैन। नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेजमा वर्षातको समयमा समय–समयमा चार पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउने गरिएको छ।