काठमाडौँ  बैशाख २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको नाम पनि समेटिएको हो । 

टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई नेता क्याटोगोरीमा समेटेको हो । टाइमले ३६ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ। 

बालेनसहित राजनीतिज्ञको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानकी प्रधानमन्त्री साने ताकाइची, इराजयलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहु, न्युयोर्कका मेयर जोहरान मम्दानीलगायत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *