काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।  

दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

घाइतेमध्ये तीनजना डिस्चार्ज भएका छन् । बाँकी ३४ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १९ र टिचिङ अस्पताल महारजन्जमा नौजनाको उपचार भइरहेको छ ।

अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *