
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ मा स्वागत गरेका छन् । दुई नेताले रातो कार्पेटमा हात मिलाए र सँगै तस्वीर खिचाए।



स्वागत कार्यक्रममा चिनियाँ सेनाले सलामी अर्पण गरेको थियो । रातो कार्पेटको छेउमा बसेका बालबालिकाहरूले दुवै देशका झण्डा हल्लाउँदै खुसी मनाएका थिए। ट्रम्प र सीले चिनियाँ सैन्य टोलीको निरीक्षण पनि गरे।


ट्रम्प र सीबीच गत अक्टोबरमा दक्षिण कोरियामा भेट भएको थियो। त्यसबेला उनीहरूबीच व्यापार सम्झौता भएको थियो। आजको बैठकमा प्रविधि, व्यापार र इरान जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।

अहिले दुवै नेताहरू औपचारिक वार्ताका लागि हल भित्र प्रवेश गरिसकेका छन्। राष्ट्रपति ट्रम्प बुधबार राति बेइजिङ आइपुगेका हुन् ।








