काठमाडौं। कुशल भुर्तेलको सानदार शतकमा आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।

नेपालको जितमा कुशलको शतक, उनको र आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो।जितका १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा पूरा गर्यो।

ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए। अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे।

२६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे। आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए। यो क्रममा आशिफले एकदिवसीय क्रिकेटमा आशिफले १५ औं अर्धशतक पनि पुरा गरे।

आशिफ एक दिवसीय क्रिकेटमा नेपालको लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन्। साथै १ सय ४५ रनको साझेदारी नेपालको लागि एक दिवसीय क्रिकेटकै चौथो ठूलो साझेदारी समेत बन्यो।

क्रिजमा जमेका कुशलले एक दिवसिय क्रिकेट करियरमा कै सर्वाधिक रन समेत बनाए। उनी अविजित १ सय २० रनमा रहँदै नेपाललाई सहज जित दिलाउन सफल रहे। यसअघि उनले नामिबिया विरुद्ध १ सय १५ रन बनाएका थिए।

आज १ सय ४ बल खेल्दै १२ चौका र ३ छक्का सहित उनले शतक बनाए। यसअघि उनले ६७ बलमा ७ चौका सहित आशिफले ५० रन पुरा गरेका थिए। शतक प्रहार गर्ने क्रममा उनले ६७ रन बाउन्ड्रीबाट प्राप्त गरे।

उनको यो दोस्रो शतक हो। यसअघि सन् २०२३ को फेब्रुअरीमा लिग टु कै खेलमा टियु मैदानमा कुशलले पहिलो शतक बनाएका थिए। लगातार तीन खेलमा ड्रप भएपछि कमब्याकलाई कुशलले यादगार समेत बनाए।

त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो।

सातौं ओभरको पहिलो बलमा अमेरिकाले पहिलो विकेट गुमायो। सायान जहाँङ्गीर ६ रनमा सोमपालको बलमा बोल्ड आउट भए। पहिलो विकेट गुमाउँदा २२ रन बनाएको थियो।

यसपछि स्मित र सेहान जयसुर्याले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। यो साझेदारीलाई दीपेन्द्रले तोडे। सेहान दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। उनले ५२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाए।

लगतै कप्तान साइतेजा मुकामुल्ला ४ रनमा सन्दीपद्वारा बोल्ड आउट भए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १ सय ४० रन बनाएको थियो। यसपछि नेपालले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रहयो।

यसपछि पाँचौं ओभरमा ओपनर स्मित पटेलले जीवनदान पाए। १४ रनमा सोमपाल कामीको बलिङमा आशिफ शेखले क्याच ड्रप गरे। यसपछि क्रिजमा जमेका उनी सोमपालद्वारा आउट भए।

८९ बल खेल्दै स्मित ८ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ८३ रन बनाए। लगतै शुभम रान्जने २ रनमा रन आउट हुन पुगे। १ सय ७० रनको स्थितिमा अमेरिकाले ५ विकेटको नोक्सानीमा १ सय ७० रन जोडेको थियो।

छैटौं विकेटका रूपमा १ रन बानएका सञ्जय कृष्णमुर्ति गुल्सनको बलमा, मिलिन्द कुमार २८ रनमा दीपेन्द्रद्वारा एलबिडब्लु धरापमा परे। रनको खाता खोल्न नसकेका मोहम्मद मोसिन रन आउट भए। नोसथुस केन्जिगे १ रनमा र हर्मित दिंह १४ रनमा दीपेन्द्र कै शिकार बने।

दीपेन्द्रले ७ ओभत ३ बलमा २४ रन दिएर सर्वाधिक ४ विकेट लिए। सोमपालले २ विकेट लिंदा सन्दीप र गुल्सनले १/१ विकेट झारे।

२६ औं खेलमा अमेरिकाको आठौं हार हो। अमेरिका ३६ अंक सहित दोस्रो स्थानमा रहेको छ। नेपालको यो नवौं जित हो। नेपालले २० अंक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *