काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
अन्तरिम मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसमा राष्ट्रपतिले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको विज्ञप्ति जारी गरेका छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
