हेमन्त धामीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। 

सुदूरपश्चिमले सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकाल्यो । कर्णालीले प्रस्तुत गरेको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाए ।  

कर्णालीका लागि अनुज चनरा र दिवान पुनले २–२ तथा प्रकाश जैशी र दीपेन्द्र रावतले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको योगफल तयार पारेको थियो

कर्णालीका लागि विपिन रावलले ३३ सुनिल धमलाले २३ र अरविन्द घर्तीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि हेमन्त धामीले ७ ओभरमा १ मेडनसहित मात्र १६ रन खर्चिएर ६ विकेट लिए । यसैगरी,  नारायण जोशी  अशोक धामी, मिलन बोहरा र शेर मल्ले १–१ विकेट लिए । 

जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । पराजित कर्णालीको २ खेलबाट १ अंक छ । वर्षाका कारण पहिलो खेल हुन नसक्दा कर्णालीले लुम्बिनीसँग अंक बाँडेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *