यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो।

खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। यसअघि नियमित कप्तानी गर्दै आएका रोहित पौडेल भने १५ सदस्यीय टोलीमा परेका छैनन्। 

सन्तोष यादव नेपालको तर्फबाट यू १९ टिमबाट खेलिसकेका थिए। उनी पहिलो पटक सिनियर टिममा परेका हुन्।

यस्तो छ यूएईसँग खेल्ने नेपालको टोली :
दीपेन्द्र सिंह ऐरी(कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, वसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल
वैकल्पिक खेलाडीः
नारायण जोशी, प्रतिश जिसी र रासिद खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *