आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत यूएईविरुद्धको खेलमा विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भण्डारीले ७२ बलमा ५० रन प्रहार गरेका हुन् । यो उनको ओडीआईमा दोस्रो अर्धशतक हो ।

भण्डारी ४ वर्षपछि आज पहिलोपटक ओडीआईमा खेलिरहेका छन् ।

जारी खेलमा नेपाल २६ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *